FAQs Complain Problems

पूर्व उपप्रधानमन्त्री माननीय सुजाता कोईराल ज्यूलाई गाउँपालिका कार्यालयमा स्वगात गर्दै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष ज्यू

Read More

नव निर्वाचित जनप्रतिनिधि ज्यूहरुलाई सपथ ग्रहण गराउदै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे ज्यू

Read More

सियारी गाउँपालिकाको नव -निर्मित प्रशासनिक भवन

Read More

गाउँपालिका परिचय

राज्यको पुर्नसंरचनासँगै नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संक्षिप्त वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार माननीय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गा.वि.स.हरु (चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा) लाई समावेश गरी जम्मा ७ वडा कायम गरी सियारी गाउँपालिका घोषणा गरिएको थियो ।

जन प्रतिनिधि

अध्यक्ष
Phone Number:
9857026688
उपाध्यक्ष
Phone Number:
9857011753

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
फोन:
9857016119
अधिकृत (सूचना अधिकारी )
फोन:
9857030191

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन, नक्सा पास वा नामसारि नक्सा भएको प्रमाणको प्रतिलिपि, जग्गा धनि प्रमाण पूर्जाको प्रतिलिपि, चालु आ ब सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद ।

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

नागरिकता प्रमाणपत्रको प्रतिलिपिर निवेदन, जग्गाधनी प्रमाणपत्रको प्रमाणीत प्रतिलिपि, हक भोगको श्रोत खुल्ने कागजात, नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि, अन्य आवश्यक कागजातहरु, चालु आ ब सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद।

सेवा प्रकारः- योजना तथा प्राबिधिक
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक शाखा, प्रशासन शाखा, आर्थिक प्रशासनशाखा
सेवा दिने कार्यालयः- गाउँपालिका कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

निर्देशिका बमोजिमको दरखास्त,
नागरिकता/जग्गाधनी/उधोग दर्ता प्रमाण पत्र,
दर्ताको लागि मेकानिकल इन्जिनियरको सिफारिस करचुक्ता सम्बन्धि प्रमाण कागजातहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले टोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाँई सराईको हकमा बसाँई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद
  • जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- योजना तथा प्राबिधिक
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- नक्सा शाखा र प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- सियारी गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- गाउँपालिकाको आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि ,
लालपुर्जाको प्रतिलिपि ,
मालपोत कर तिरेको रसिद,

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन। सर्जमिनको हकमा बढीमा ३ दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २१०
आवश्यक कागजातहरुः-

घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि,
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि,
सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद

सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाई आएको निवेदनमा सोहि दिन।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव, वडा सदस्य वा निजले तोकेको व्यक्ति
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- १० मिनेट
जिम्मेवार अधिकारीः- महिला विकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- सियारी गाउँपालिका कार्यालय महिला शाखा
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

१. गाउँ पालिका प्रमुख समक्ष निबेदन 

२. ६० वर्ष उमेर पुगेको 

३. नागरिकताको सक्कल सहित  प्रतिलिपी १ थान 

४ अटो साइजको   फोटो ३ थान 

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- ....
जिम्मेवार अधिकारीः- ..
सेवा दिने कार्यालयः- ...
सेवा शुल्कः- ..
आवश्यक कागजातहरुः-
  • लिखित रुपमा कार्यादेश दिइएको पत्रको प्रतिलिपि
  • अनुगमन समितिको प्रतिवेदन
  • रकम र योजना खुल्ने निवेदन
  • प्राविधिक स्टिमेट (लागत अनुमान)
  • कार्य सम्पन्न प्रतिवेदन (प्राविधिकबाट)
  • नापी किताब र योजना किताब
  • खर्चको सम्पूर्ण व्यहोरा देखिने बिल भरपाईहरु (रु. २० हजार माथिको बिलमा अनिवार्य भ्याट बिल हुनुपर्ने)
  • उपभोक्ता समितिको बैठकका निर्णयका प्रतिलिपिहरु र रकम भुक्तानीका लागि उपभोक्ता समितिको निर्णय प्रतिलिपि
  • योजनाको प्रष्ट देखिने फोटोहरु (योजना प्रारम्भ गर्नुअघिको अवस्था र योजना समापन पश्चातको अवस्था देखिने गरी)
  • आयोजनामा लागेको खर्च सार्वजनिक सुनुवाई गरेको प्रतिलिपि (सामाजिक परीक्षण, जनलेखा परीक्षण प्रतिवेदन)
  • सम्बन्धित वडा कार्यालयको सिफारिश
  • ढुवानी गर्दा गाडीमार्फत गरेको भए सो गाडीको ब्लुबुक र सवारी चालकको लाइसेन्सको प्रतिलिपी
  • डोजर/स्काभेटर मार्फत काम गरेको भए डोजर प्रयोग गर्नुपर्नाको कारण सहित कार्यपालिकाको कार्यालयबाट स्वीकृति प्राप्त पत्रका साथमा ब्लुबुक र चालकको लाइसेन्सको प्रतिलिपि
  • रु.१,००,०००।- (एक लाख) भन्दा बढी रकमको डोजर/स्काभेटर मार्फत काम गरेको भए कम्तिमा ३ वटा डोजर/स्काभेटरको कोटेशन मार्फत घटाघटको आधारमा छनौट गरेको  हुनुपर्नेछ ।

नोटः हस्तलिखित भरपाईलाई निरुत्साहित गर्नु गराउनु हुन अनुरोध छ ।

Pages

जानकारी