सियारी गाउँपालिकाको कार्यालयमा मिति:२०८०/०८/२१ गते बिहिबार रुपन्देहीका स्थानीय पालिकाका सम्पूर्ण अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समितिका प्रमुख, उप-प्रमुख र समन्वय अधिकारी, प्रमख जिल्ला अधिकारी र जिल्ला स्थित कार्यालयका प्रमुख, पत्रकारहरुकाे उपस्थितिमा जिल्ला समन्वय समिति रुपन्देहीको १० औं घुम्ती बैठक सम्पन्न भएको छ।
समाचार
ग्यालरी
सियारी गाउँपालिकाको आयोजनामा नि:शुल्क लोक सेवा तयारी कक्षा सञ्चालन कार्यक्रम-२०८० को उद्धाटन समारोह।
सियारी गाउँपालिकाको आयोजनामा वडा नं. २ मा अवस्थित श्री मैनैया माध्यमिक विद्यालयमा मिति: २०८०/१०/१० गते देखि विभिन्न सरकारी सेवा तयारी कक्षा संचालन।
सियारी गाउँपालिका द्वारा वडा न २ भगदरी अवस्थित श्री भगदरी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालय झोला वितरण कार्यक्रम।
मिति २०८००८६ गते सियारी गाउँपालिका गौरवको आयोजना-सियारी पर्यटन कोरिडोर तथा बुद्ध विहार पार्क निर्माणको डिटेल प्रोजेक्ट रिपोर्ट (डि.पि.आर) प्रस्तुति कार्यक्रम।
सियारी गाउँपालिकाको आ.ले.प. शाखामा कार्यरत आ.ले.प. श्री स्वागत थापाले नेपाल सरकार शाखा अधिकृत प्रशासन/ राजस्व समुहमा एक नम्बरमा नाम निकाल्न सफल हुनु भएकोमा सियारी गाउँपालिकाको तर्फ बाट बधाई, शुभकामना तथा उत्तर उत्तर प्रगतिको कमाना गर्दछौ।
सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्युको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री माननीय सन्तोष कुमार पान्डे ज्यु, जिल्ला समन्वय समिती रुपन्देहिका प्रमुख श्री उमकान्त चापागाईं ज्यु, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल ज्युको आतिथ्यता तथा समाजसेवी एवम् विशिष्ट ब्याक्तित्व ज्युहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ।
साथै यो अबसरमा सियारीमा रहेर शिक्षा, उद्यम, राजनैतिक, सामाजिक तथा गाउँपालिकाको बिकास साझेदारमा उत्कृष्ट काम गरेका व्यक्ति तथा उद्योगलाई सम्मानित तथा पुरस्कृति गरिएको छ।
प्रमुख प्रशासकिय अधिकृत ऋषिराम पन्थी ज्युको स्वागत तथा रोमनाथ न्यौपाने ज्युको बिदाई कार्यक्रमका तस्बिरहरु।