FAQs Complain Problems

मिति २०८०/०६/०३ गते सियारी गाउँपालिकाको आयोजनामा नवौं संविधान दिवस तथा चौथो सियारी शिक्षा दिवस २०८० को शुभ-अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम।

सियारी गाउँपालिका अध्यक्ष श्री थानेश्वर घिमिरे ज्युको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री माननीय सन्तोष कुमार पान्डे ज्यु, जिल्ला समन्वय समिती रुपन्देहिका प्रमुख श्री उमकान्त चापागाईं ज्यु, रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गणेश अर्याल ज्युको आतिथ्यता तथा  समाजसेवी एवम् विशिष्ट ब्याक्तित्व ज्युहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ।

साथै यो अबसरमा सियारीमा रहेर शिक्षा, उद्यम, राजनैतिक, सामाजिक तथा गाउँपालिकाको बिकास साझेदारमा उत्कृष्ट काम गरेका व्यक्ति तथा उद्योगलाई सम्मानित तथा पुरस्कृति गरिएको छ।

सियारी गाउँपालिकामा उतकृष्ठ कार्य गरे वापत आर्थीक प्रशासन प्रमुख नारायण प्रसाद पौडेल, नायब सुब्बा चिरञ्जीवी गौतम, सामाजीक परिचालक हेम प्रसाद सापकोटा, वडा सचिव दिवाकर त्रीपाठी, कार्यालय सहयोगी पुष्कर पोख्रेल र तुल्सी प्रसाद पाण्डेलाई सम्मान गरिएको छ।

सियारी गाउँपालिकाले सियारीको बिकास र उन्नयनका लागि राजनैतिक एवम् सामाजिक क्षेत्र तर्फ ७ जना, शिक्षा तथा राजनैतिक क्षेत्र मरणोप्रान्त तर्फ २ जना, उद्यम बिकास तर्फ १ जना, विकास साझेदार उद्योग तर्फ अर्घाखाँची सिमेन्ट उद्योगलाई कदर पत्र सहित सम्मान गरिएको छ। त्यसैगरी आर्थिक बिकास तर्फ २ जना, शिक्षा क्षेत्र तर्फ ११ जना, बिद्यालय तर्फ ३ र पुर्व प्र.अ एवम् शिक्षक तर्फ १६ जनालाई सम्मानित गरिएको हो। त्यसैगरी सियारी गाउँपालिका भित्र सञ्चालित बिद्यालयबाट अबकास प्राप्त १७ जना शिक्षक, शिक्षिकालाई पनि सम्मान गरिएको छ।

चौथो सियारी शिक्षा दिवस २०८० को अबसरमा सियारी (तत्कालिन छपिया) को शिक्षामा जग बसाउने २ जना शिक्षाप्रेमी व्यक्तिलाई मरणोप्रान्त सम्मान गरिएको छ। त्यसैगरी गाउँपालिका स्तरीय आधारभुत तह परीक्षा, माध्यामिक तह परीक्षा, माध्यामिक शिक्षा उत्तिण १७ जना उतकृष्ठ बिद्यार्थीलाई गा.पा अध्यक्ष श्री थानेश्वर घिमिरे ज्युले पाउने निजि सुबिधा बाट गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ। त्यस्तै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पुर्व अध्यक्ष, पुर्व प्रअ, सस्थागत बिद्यालय र सामुदायिक बिद्यालय मध्ये उत्कृष्ट कार्य गर्ने बिद्यालयल तथा लोकतन्त्र प्रप्तिको लागि अतुलनीय योग्दान दिनुभएका समाजसेवि व्यक्तिहरुलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरिएको छ।

आर्थिक वर्ष:

जन प्रतिनिधि