समाचार
गाउँपालिका परिचय
राज्यको पुर्नसंरचनासँगै नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संक्षिप्त वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार माननीय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गा.वि.स.हरु (चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा) लाई समावेश गरी जम्मा ७ वडा कायम गरी सियारी गाउँपालिका घोषणा गरिएको थियो ।
सियारी गाउँपालिका ५ नं. प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा अवस्थित छ । भौगोलिक हिसाबले ८२ डिग्री २० मिनेटदेखि ८२ डिग्री २८ मिनेट पूर्वी देशान्तर र २७ डिग्री ३१ मिनेटदेखि २७ डिगी ३७ मिनेट ३० सेकेण्ड उत्तरी अक्षांशमा अवस्थित रहेको छ । करीब ६६.१७ वर्ग कि.मि. क्षेत्रफल रहेको सियारी गाउँपालिकाको उत्तरमा सुद्धोधन गाउँपालिका, पश्चिम र दक्षिणमा मायादेवी गाउँपालिका रहेको छ भने पूर्वमा तिलोत्तमा र ओमसतिया गाउँपालिका रहेको छन् । गाउँपालिकाको वडा नं. २, ३, ४, ५, ६ र ७ वडा छोएर बग्ने सियारी खोला जसले वडा नं. २ देखि ७ सम्म सिंचाई सुविधा प्रदान गर्दै आएको छ । यसै खोलाको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो ।

सियारी गाउँपालिकाका सम्भावना,समस्या,चुनौती र अवसरहरु